• १३ असोज २०८३, मंगलबार
  • २ः२८ दिउँसो

सेञ्चुरी कमर्सियल बैंकले गर्‍यो लाभांस घोषणा

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ११:४८

१५ मंसिर २०७९, काठमाडौँ : सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले लाभांश दिने निर्णय गरेको हो। बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ। यसको ४.७५ प्रतिशत बोनस सेयर दिने छ। ०.२५५ ले हुन आउने रकम नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ।

National Life

लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ।सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक गत साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको थियो। जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ।

प्रतिकृया