• १२ असोज २०८३, सोमबार
  • १०ः२२ बिहान

मेगा बैंकले लाभांश पारित गर्न डाक्यो साधारणसभा

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार १०:४१

१५ मंसिर २०७९, काठमाडौँ : मेगा बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले बैंकको १२ औँ वार्षिक साधारणसभा पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा अन्तिम मर्जर सम्झौता भइ अहिले मर्जर प्रक्रिया अगाडी बढेको छ ।

National Life

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।


त्यस्तै सभाले मेगा बैंक नेपाल लिमिटेड र नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्नेरगाभिने (मर्जर) प्रयोजनको लागि मुल्यांकनकर्ता  PKF TR Upadhya & Co. बाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन  (Due Diligence Audit Report) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा यस बैंकको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम यस मेगा बैंक नेपाल लिमिटेडको १०० कित्ता शेयर बराबर यस बैंकका शेयरधनीहरूलाई मर्जर पछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००:९०) मा एक आपसमा गाभ्नेरगाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया