• १२ असोज २०८३, सोमबार
  • १ः५७ राती

नबिलबाट बंगलादेशको आईएफआईसी बैंक बाहिँरिदै, आफ्नो स्वामित्वको १.७७ करोड कित्ता सेयर बेच्दै

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार १०:२६

१५ मंसिर २०७९, काठमाडौँ : नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी इन्टरनेशन फाइनान्स एण्ड कमर्स बैंक लिमिटेड बंगलादेशले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

National Life

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, तिनधार, विणामार्ग काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।


त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले प्रकाशन गरेको सूचनाः

प्रतिकृया