• १० असोज २०८३, शनिबार
  • ११ः२५ राती

फिफा विश्वकप सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार ११:२९

१२ मंसिर २०७९, काठमाडौँ : खेलकुदको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो । यस वर्ष कतारमा विश्वकप आयोजना हुँदैछ र लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। यसले कतारले वास्तवमा फुटबलको सबैभन्दा महंगो प्रतियोगिता कसरी आयोजना गरिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ।

National Life

खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ।


फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री (भीएआर)ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै फिफाले यसपटक महिला म्याच रेफ्रीहरूलाई खेल सञ्चालनका लागि समावेश गरेका छन्। विश्वका विभिन्न संघसंस्थाका लिग खेलहरूमा महिला रेफ्रीहरूको प्रदर्शनको नजिकबाट निगरानी राखेको फिफाले यसपटक हरेक खेलमा ३ महिला फिल्ड म्याच रेफ्री र ३ महिला सहायक रेफ्री समावेश गरेको हो ।


फिफा विश्वकपमा कुल ३६ फिल्ड रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो असिस्टेन्ट रेफ्री हुनेछन्। उनीहरुले सबै चरणमा जम्मा ६४ खेल खेलाउनेछन् ।


फिफाले प्रत्येक खेलको पारिश्रमिक राउन्ड वा प्रतियोगिताको भागको आधारमा तय गरेको छ। यसले लिग खेलहरू र नक–आउट खेलहरूका लागि फरक–फरक बनाएको छ । समूह चरणका खेलमा म्याच रेफ्री र भिडियो सहायक रेफ्रीले समान ३ हजार डलर पाउँदा सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई २५ सय डलर दिइन्छ।


नकआउट चरणका खेल र फाइनल खेलमा म्याच रेफ्रीलाई १० हजार डलर उपलब्ध गराउँदा भिडियो सहायक रेफ्री, सहायक रेफ्री र फोर्थ अफिसियल्सलाई ५ हजार डलर पारिश्रमिक दिइन्छ।

प्रतिकृया