• १० असोज २०८३, शनिबार
  • १०ः४७ राती

प्रचण्ड र देउवाबीच डेढ घण्टा भेटवार्ता

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार ११:३४

१२ मंसिर २०७९, काठमाडौँ: प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो ।

National Life

आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । “डेढ घण्टा दुई शीर्ष नेताहरूबीच भेट भएको हो,” स्रोतले भन्यो ।


सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया