• ११ असोज २०८३, आइतबार
  • १२ः२५ राती

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घट्यो

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार ११:३९

१२ मंसिर, २०७९, काठमाडौं : नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो ९मंसिर ११ गते, आइतबार० बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

National Life

उक्त लाभांश अघिल्लो वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया