• ३ असोज २०८३, शनिबार
  • ९ः५१ बिहान

निर्वाचन आयोगले गर्‍यो कलाकारहरूसँग छलफल (तस्बिरहरू)

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०७:००

२२ कात्तिक २०७९, काठमाडौँ : निर्वाचन आयोगले कलाकारहरूसँग छलफल गरेको छ। अन्तर्क्रियामा अभिनेता राजेश हमाल, गायिका कुन्ति मोक्तान, इन्दिरा जोशी, शिवानी मोक्तान, सुनिता दुलाल, संगीतकार शिलाबहादुर मोक्तान, गायक प्रकाश सपुत, कलाकारहरू दिपाश्री निरौला, सन्तोष पन्त, जितु नेपाललगायत सहभागी थिए। भयरहित निर्वाचनको वातावरण सिर्जनाका लागि आयोगले कलाकारहरूलाई अभियन्ता बनिदिन पनि आग्रह गरेको छ।

National Life

सोमबार भएको छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्। निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेल्ने भूमिका प्रभावकारी हुने उनले बताए।


कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको आसन्न निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक रुपमा योगदान दिने अपेक्षा पनि थपलियाको थियो। ‘निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ। यसप्रति आयोग सजग छ,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

‘नो नट एगेन’का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भने, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ। त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोस्। सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्लारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनु पर्दैन भन्ने मात्रै आयोगको आग्रह हो।’ कलाकारहरूले निर्वाचनसम्बन्धी विभिन्न नारा लेखिएको ‘प्लेकार्डुसहित तस्बिर पनि खिचाएका थिए।

तस्बिरहरू

प्रतिकृया