• ४ साउन २०८३, सोमबार
  • २:१४ बिहान

सामाजिक एवं सास्कृतिक पर्यटन विकासको सम्भावना: मध्यपुर थिमि

प्रकाशित मिति

२०७९ आश्विन २१ गते, शुक्रबार ०५:५८

२१ असोज २०७९, काठमाडौँ: मिति2079 -6 -21 गते रोटरी क्लव अफ मध्यपुरका संस्थापक अध्यक्ष तथा विनायक शिक्षा निकेतन इङ्लिस सेकेण्डरी स्कुल का संस्थापक प्रिन्सिपल एवं अगुवा सामाजिक कार्यकर्ता श्री सुरेन्द्रविक्रम प्रजापतिको अगुवाइमा मध्यपुर थिमिलाई social and cultural tourism हबको रूपमा विकास गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै विगत 30 वर्ष अगाडिदेखि नै विभिन्न देशबाट आउनुहुने अन्तर्राष्ट्रिय स्वयंसेविका पर्यटकहरुलाई मध्यपुर थिमिमा स्वागत गर्दै मध्यपुर थिमिका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गराउने सिलसिलामा आज अष्ट्रेलियाबाट पाल्नुभएका पर्यटकहरुलाई बोडेको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गराउनुभएको थियो ।


विशेष गरेर पर्यटकहरुले बोडेमा अवस्थित 100 बर्ष भन्दा पुरानो दुईतले सन्ध्या भएको घर, महालक्ष्मी मन्दिर र कुमारी पार्कले आकर्षित गरेको कुरा अष्ट्रेलियन पर्यटक kelly Hooper ले बताउनुभएको छ । नगरपालिका एवं सम्बन्धित पक्षले यस क्षेत्रको पुरानो सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र प्रवर्धन गरी मध्यपुर थिमिलाई सामाजिक, सांस्कृतिक पर्यटकको हब बनाउन सकिने कुरा सामाजिक कर्ता श्री सुरेन्द्र विक्रम प्रजापतिले जोड दिनुभएको छ ।

Kamana Sewa

प्रतिकृया