• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

ग्राहकको सुविधाको लागि दशैं विदामा कुन बैंकका शाखा कहाँ खुला रहनेछन् ? (सूचीसहित)

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:०२

१५ असोज २०७९, काठमाडौँ: दशैंको बिदामा ग्राहकको सुविधाका लागि बैंकहरुले दशैं काउन्टर सञ्चालन गर्ने भएका छन्। हरेक वर्षझैँ यस वर्षको दशैंमा पनि ग्राहकका लागि बैंकहरुले विभिन्न स्थानमा दशैं काउन्टर खुला गर्ने भएका हुन्।


माछापुच्छ्रे बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरिया शाखा खुला गर्नेछ । यसैगरी असोज १७ गते (अष्टमी)का दिन बैंकका इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, लेखनाथ, बगर, दमौली, दुलेगौँडा, नेपालगन्ज र महेन्द्रनगर शाखा खुला रहनेछन् ।

Kamana Sewa

असोज १८ गते (नवमी)मा भने बैंकले विराटनगर, बिर्तामोड, दमक, नारायाणटार, कलंकी, सूर्यविनायक, पर्सा, लेकसाइड, बागलुङ, भिमाद, आँबुखैरेनी, परासी र धनगढी शाखा खुला गर्नेछ। असोज १९ गते (टीकाका दिन) भने देशभर बैंकका शाखाहरु बन्द रहनेछन्। भोलि असोज २० गते (एकादशी) मा बैंकको जनकपुर, राजविराज, डल्लु, पुल्चोक, दमौली, आईबीआईडी, महेन्द्रनगर, डडेल्धुरा, बनेपा र हाकिमचोक शाखाहरु खुला रहेछन् ।

Classic Tech Desktop

असोज २१ गते (द्वादशी)का दिन बिर्तामोड, आदर्शनगर, चाबहिल, दुलेगैँडा, आँबुखैरेनी, वालिङ, नेपालगन्ज र राजपुर शाखा खुला रहने बैंकले जनाएको छ । यी शाखाहरुमध्ये कुनै शाखा बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म, कुनै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र कुनै ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउनेछन् ।


यसैगरी सिद्धार्थ बैंकले काठमाण्डौ उपत्यकाभित्र असोज १६ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गतेबाहेक) हात्तीसार र न्युरोड शाखा खुल्नेछन्। यीमध्ये हात्तीसार शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछ भने न्युरोड शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछ ।


यसैगरी उपत्यकाभित्रै असोज १६ गते कुमारीपाटी, सूर्यविनायक र तीनकुने शाखा पनि खुल्नेछन् । यो दिन कुमारीपाटी र सूर्यविनायक शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र तीनकुने शाखा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ ।


उपत्यका बाहिर भने असोज १६ गते बिर्तामोड, दमक, धरान, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज र घोराही शाखाहरु खुला रहनेछन्। विराटनगर शाखा भने असोज १६, १७, १८ र २१ गते खुला रहनेछ। इटहरी शाखा असोज १७ गते खुल्दा जनकपुर शाखा असोज १६, १७ र २१ गते खुला रहनेछ ।


वीरगन्ज शाखा असोज १५, १६, १७, १८, २१ र २२ गते, पोखरा शाखा असोज १६, १७, १८, २० र २१ गते, न्युरोड (नेपालगन्ज) असोज २१ गते, टीकापुर शाखा असोज १८ गते, धनगढी शाखा असोज १५, १७ र २१ गते र महेन्द्रनगर शाखा असोज १७ र २० गते खुला रहनेछ। उपत्यकाबाहिर ती शाखा तोकिएका दिनहरुमा बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

कृषि विकास बैंक

एनआईसी एसिया बैंक

नेपाल बैंक

कुमारी बैंक

ग्लोबल आइएमई बैंक

प्रभु बैंक

लक्ष्मी बैंक

सानिमा बैंक

मेगा बैंक

बैंक अफ काठमाण्डू

प्राइम कमर्सियल बैंक

राष्ट्रिय वाणिज्य बैंक

सेञ्चुरी कमर्सियल बैंक

एनएमबि बैंक

एनसीसी बैंक

सनराइज बैंक

एभरेष्ट बैंक

हिमालयन बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंक

सिभिल बैंक

सिटिजन्स बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक

महालक्ष्मी विकास बैंक

कामना सेवा विकास बैंक

सांग्रिला डेभलपमेन्ट बैंक

लुम्बिनी विकास बैंक

प्रतिकृया