• २२ भदौ २०८३, सोमबार
  • ६ः४४ बेलुका

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जरका लागि सोमबार हस्ताक्षर

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार १२:११

१३ असोज २०७९, काठमाडौंः नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंक मर्ज हुने भएका छन्। सोमबार मेरियट होटलमा मर्जरका लागि हस्ताक्षर समेत भइसकेको छ। एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो।

National Life

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।


एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ। कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।

Classic Tech Desktop

प्रतिकृया