• २२ भदौ २०८३, सोमबार
  • ६ः१६ बेलुका

महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार १२:०५

१३ आश्विन २०७९, काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महँगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई उक्त आग्रह गरेको हो ।

National Life

‘सामान्य अवस्थामा भन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिएभन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरु दुर्घटनामा परी सर्वसाधारणहरुको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ताहरु महँगीको मारमा परेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


चाडवाडका समयमा हुन सक्ने शान्तिसुरक्षा र अमनचयन खल्बल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ ।

Classic Tech Desktop

‘यातायात र आवतजावतमा हुने कठिनाईको प्रभावकारी अनुगमन र निगरानी गर्न, संभावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी साँस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आमनागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

प्रतिकृया