• १२ असोज २०८३, सोमबार
  • १०ः२१ बिहान

पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगको फाइनल फोरमा

प्रकाशित मिति

२०७९ आश्विन १२ गते, बुधबार ०७:४७

१२ असोज २०७९, एजेन्सी : पोर्चुगललाई हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छ।गएराति भएको समूहको अन्तिम खेलमा स्पेनले घरेलु टोलीलाई १–० ले स्तब्ध पार्दै फाइनल फोरमा स्थान पक्का गरेको हो। स्पेनको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे।

National Life

स्टेडियो म्युन्सिपल ब्रागामा मंगलबार राति भएको अत्यन्तै प्रतिश्पर्धात्मक खेलमा स्पेनले खेलको अन्त्यतिर गोल गरेको थियो।घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि स्पेनको गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो ।खेलको ८८औं मिनेटमा निको विलियम्सको पासमा मोराटाले ‍गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्‍याए।


यो जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो। पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो। यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटालीले फाइनल फोरमा स्थान पक्का गरिसकेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया