• १२ असोज २०८३, सोमबार
  • १०ः०८ बिहान

आज घट्यो सुन–चाँदीको मूल्य

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ११:२१

३ असोज २०७९, काठमाडौंः नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला तीन सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो। आइतबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया