• १० असोज २०८३, शनिबार
  • ११ः४७ राती

आज महारानी एलिजाबेथको अन्त्येष्टि

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार १०:५४

३ असोज २०७९, काठमाडौंः गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ ।महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् ।

National Life

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बनेका छन् । नेपालप्रति चासो राख्ने दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपालको राजकीय भ्रमणमा आएकी थिइन् । सन् १९६१ फेब्रुअरीमा तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा पहिलोपटक नेपाल भ्रमणमा आएकी थिइन् । यस्तै उनी, सन् १९८६ मा दोस्रोपटक नेपाल भ्रमण आएकी थिइन् । यसपटकको उनको भ्रमण तत्कालिन राजा वीरेन्द्रको निमन्त्रणामा थियो ।

प्रतिकृया