• १२ असोज २०८३, सोमबार
  • ६ः२४ बिहान

नेइमारको गोलमा पिएसजीको कठिन जित

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०६:३९

२६ भाद्र २०७९, एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० गोल अन्तरमा हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो। पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा लियोनल मेसीको पासमा गोल गरेका थिए।

National Life

पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा केही राम्रा अवसर खेर फाल्दा अग्रता बढाउने मौका गुमायो। देलको ७० औं मिनेटमा ब्रेस्टले पेनाल्टी पाएको थियो। तर जियानलुइगी डोनारूम्माले इस्लाम स्लिमानीले प्रहार गरेको पेनाल्टी बचाउँदै अग्रता कायम राखे।


त्यसपछि थप गोल नहुँदा पिएसजीले १-० को कठिन जित निकाल्यो। यो जितसँगै पीएसजी ७ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया