• २ असोज २०८३, शुक्रबार
  • ५ः३० बेलुका

राप्ती प्रतिष्ठान छानबिन समितिप्रती प्रधानमन्त्रीको आक्रोस

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०६:३२

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीप्रति आक्रोस व्यक्त गर्नु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानबिन समितिले प्रतिवेदन नबुझाउँदै त्यसको विवरण सार्वजनिक भएको थियो। मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो।
प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते समिति गठन गरेको थियो। मन्त्रालयका उपसचिव पुष्कर नेपाल, बाबुराम खनाल, लेखा अधिकृत ढुण्डीराज पौडेल र डा. अर्जुन सापकोटा सदस्य थिए।
समितिको हवाला दिँदै प्रतिवेदनको निष्कर्ष सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रधानमन्त्री आक्रोशित भएका हुन्। त्यही प्रतिवेदन प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले मंगलबार प्रधानमन्त्रीलाई बुझाएका छन्।

National Life

प्रतिकृया