• २२ भदौ २०८३, सोमबार
  • ९ः१५ राती

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहज र सुलभ आपूर्तिमा जोड (भिडियाे सहित)

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०१:२३

१२ भाद्र २०७९, काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको रुपमा स्थापित भएको छ । संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यवसायिक रुपमा सक्षम संस्थाको रुपमा स्थापित भएको छ।

National Life

खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने तथा उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाकलाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने उद्देश्यका साथ यस कम्पनीले किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्यावश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्दै आएको प्रदेश ३ की प्रमुख ज्ञानु थापाले मातृभूमि सँगको कुराकानीमा बताइन्। देशका खाद्य संकटग्रस्त क्षेत्र र विपन्न जनताको खाद्य सुरक्षाका लागि वितरण प्रणालीलाई सुदृढ गर्दै आवश्यक खाद्य वस्तु सम्बन्धित स्थान र क्षेत्रमा समयमै ढुवानी गरी बिक्री वितरण वा आपूर्ति गर्ने उनी बताउँछिन


सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी गर्ने गरेको उनले बताइन्। “कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपाससम्म खाद्यान्न सामग्रीको होम डेलिभरी गर्दै आएको छ” उनले बताइन् । साथै उनले उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी,अनलाइन पोर्टल, सस्तो डिलसँग व्यापार साझेदारी गर्दै आएको जानकारी दिइन्।

Classic Tech Desktop

देशमा भौगोलिक क्षेत्रगत वा प्रदेशगत वा जिल्लागत रैथानीय बाली अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा पैठारी, माग तथा आपूर्ति र गर्ने गरेको बताइन्। यस वर्ष पनि दसैंका लागि खसी–बोका र च्याङ्ग्रा ल्याउनका लागि खाद्य कम्पनीले तयारी थालिसकेको छ । कम्पनीले घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौं आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। “व्यापार मात्रै हाम्रो उद्देश्य होइन सेवा पनि गर्नुपर्छ, नेपाल सरकारको नीति अनुरुप बजारको मूल्य पनि नियन्त्रण गर्नुपर्छ त्यसकारण कहिलेकाहीँ अयन नियमहरु बाधक बन्न सक्छन् त्यति हुँदाहुँदै पनि यस कम्पनीलाई सञ्चालन गरिरहेका छौं”, उनले भनिन् ।

प्रतिकृया