• १३ असोज २०८३, मंगलबार
  • १ः१५ दिउँसो

नेपाल र केन्याबीच दोस्रो खेल आज

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०९:३६

१० भाद्र २०७९, काठमाडौँ : पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो ।

National Life

खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ ।

प्रतिकृया