• १३ असोज २०८३, मंगलबार
  • १ः१६ दिउँसो

दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने, घटस्थापनादेखि विक्रि

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०९:३९

१० भाद्र २०७९, काठमाडौँ : सरकारले यस वर्षको दसैंका लागि ३ हजार खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौं उपत्यकामा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

National Life

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्‍ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौंमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रि वितरण सुरु गर्नेछ ।


गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया