• ३१ भदौ २०८३, बुधबार
  • ७ः१० बेलुका

सेवाग्राहीकै भेषमा देशभर अख्तियारका कर्मचारी

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०६:५६

सेवाग्राहीकै भेषमा अख्तियारको र्‘यापिड एक्सन फोर्स’ देशभर खटिएको छ। उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन्। अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्। ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ। यस्ता कार्य नियन्त्रणमा आफू अग्रसर हुँदैनन्। उनीहरू अर्को टोलीलाई खबर गर्छन्। त्यसले नियन्त्रणमा लिन्छ।

National Life

त्यस बेला पनि अघिल्लो टोलीका कर्मचारी सेवाग्राहीजस्तै हुन्छन्। फोर्सकै कारण ‘स्टिङ अपरेसन’सहित अख्तियारको क्रियाशीलता बढेको प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए।

(सुरेन्द्र काफ्ले)
अन्नपूर्ण पोस्टबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया