• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

नागढुंगाबाट दुई किलो सुनसहित रसुवाका एकजना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०७:०५

काठमाडौं। काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख ६५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेंसी घर भएका भीमबहादुर तामाङ पक्राउ परेका हुन् । कपडाले कम्मरमा बाँधेर ल्याएको अवस्थामा दुई किलो सुन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होवीन्द्र बोगटीले बताउनु भयो ।

विशेष सूचनाका आधारमा परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गए राति चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा गाडी जाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङ सुनसहित पक्राउ परेका हुन् । ‘मादल आकारको सुन कम्मरमा बाँधेर ल्याएको पाइयो,’ महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमारविक्रम थापाले भन्नुभयो, ‘परीक्षण गराउँदा सुन भएको पत्ता लाग्यो ।’ तामाङ रसुवाबाट गल्छीसम्म आएका थिए । गल्छीबाट उनी गाडी चढेका हुन् । तामाङलाई आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया