• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

हङकङमा लोकतन्त्रको समर्थनमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०७:१४

काठमाडौं । हङकङमा लोकतन्त्रको समर्थन गर्दै भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । केही प्रदर्शनकारीहरु प्रहरीको घेरामा प्रवेश गर्न खोजेपछि झडप भएको हो । प्रदर्शनकारीहरुले चिनियाँ केन्द्रीय सरकारी कार्यालयतर्फ जाँदा सडक आसपासका घरहरुमा अण्डासमेत फ्याँकेका थिए ।
यसैबीच हङकङको एउटा मेट्रो स्टेसनमा केही नकावधारी व्यक्तिले लोकतन्त्र समर्थकहरुमाथि हमला गरेका छन् । सार्वजनिक भएको भिडियोमा सो नकावधारी समूहले मानिसलाई लाठीले कुटिरहेको देखिएको छ । घटनामा कम्तिमा ३६ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुपुर्दगीसम्बन्धी एक विवादास्पद विधेयकको विरोधमा सुरु भएको हङकङको प्रदर्शनमा पछिल्लो समयमा लोकतन्त्रको विषयले प्रवेश पाएको हो । प्रदर्शनकारीहरुले लोकतन्त्रको प्रत्याभूतिसहितका माग अघि सारेका छन् । प्रदर्शनकारीहरुले चीन सरकारको एउटा भवन बाहिर केही नारासमेत लेखिदिएका छन् ।

Kamana Sewa

प्रतिकृया