• ३१ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

काङ्ग्रेस केन्द्रीय समिति बैठक ९गते बस्ने

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०६:४५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ । साउन ९ गते दिउसो २ बजे बस्ने बैठकमा पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल हुने बताइएको छ । त्यस्तै विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने तथा केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने विषय छलफलका लागि तय भएको छ ।

National Life

यसअघि साउन ७ गतेका लागि निर्धा्रित बैठक विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौँबाहिर हुने भएपछि बैठक दुई बिहीबार राखिएको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया