आजबाट राजपा संयोजकको जिम्मेवारी यादवले सम्हाल्दै
प्रकाशित मिति
२०७६ श्रावण ६ गते, सोमबार ०६:३१
काठमाडौंः राष्ट्रिय जनता पार्टी (राजपां) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आजबाट राजकिशोर यादवले सम्हाल्दै छन् । राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको थीयो । सोमबार आजदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राजपाको चक्रीय प्रणाली अनुसार हरेक दुई महिनामा संयोजक फेरिने व्यवस्था छ।
तत्कालीन मधेस केन्द्रित ६ दल मिलेर बनेको राजापमा नेतृत्वका लागि दुई÷दुई महिना पालोमा संयोजक फेरिन्छन् । यसअघि अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी संयोजक भइसकेका छन् । यादवको कार्यकाल सकिएपछि राजपाको नेतृत्व पुनः महन्थ ठाकुरमा सर्नेछ । ठाकुरपछि चक्रीय प्रणालीमा जाने कि नजाने भन्नेमा पार्टीले छुट्टै निर्णय गर्ने राजपा महासचिव केशव झाले बताएका छन् ।





प्रतिकृया