• १४ असोज २०८३, बुधबार
  • ५ः१४ बेलुका

हालान्ड चम्किँदा सिटीको सुखद सुरुवात

प्रकाशित मिति

२०७९ श्रावण २३ गते, सोमबार ०६:१४

२३ साउन २०७९, एजेन्सी : इर्लिङ हालान्ड चम्किदा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । सिटीले आइतबार राति भएको खेलमा वेस्ट ह्याममाथि २–० गोलको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे ।

National Life

खेलको ३६ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । हालान्डको यो प्रिमियर लिगको डेब्यू गोल हो । ६५ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।


जितसँगै सिटीले सिजनको सुखद सुरुवात गर्दै पहिलो खेलबाट ३ अंक जोडेको छ । वेस्ट ह्यामले भने सिजन हारबाट सुरु गरेको छ । सिटी साविकको विजेता टोली हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया