काठमाडौं महानगरपालिका र खाँदाबारी नगरपालिकाबीच भगिनी सम्बन्धका बारेमा छलफल
प्रकाशित मिति
२०७९ श्रावण ८ गते, आईतवार ०१:१८
८ साउन २०७९, काठमाडौंः काठमाडौं महानगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्नका लागि प्रारम्भिक छलफल शुरू भएको छ । दुई पालिकाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै आगामी दिनमा सेवा प्रवाह, फोहोरमैला व्यवस्थापन, सुशासन, विकास निर्माण लगायतका विषयमा आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध कायम गर्न खाँदबारी नगरपालिकाले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको हो ।
शुक्रबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र खाँदाबारी नगरपालिका प्रमुख महेश थपलिया बीच भएको भगिनी सम्बन्ध कायम गर्ने विषयमा सौहार्दपुर्ण छलफलमा भएको खाँदाबारी नगरपालिका प्रमुख थपलियाले जानकारी दिए। शुक्रबार भएको छलफल प्रारम्भिक भएको र आगामी दिनमा थप छलफव गर्ने आपसी समझदारी भएको छ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। उनका अनुसार भगिनी सम्बन्ध स्थापित भएपछि संघीय राजधानी काठमाडौंँ महानगरपालिका र पहाडी क्षेत्रको नगरपालिका खाँदबारीबीच योजना र कार्यक्रम आदान गरिनेछ । उनले भन्य “भगिनी सम्बन्ध राष्ट्रिय स्तरका पालिकाबीच र अन्तर्राष्ट्रिय स्तरमा समेत हुँदै आएकाले खाँदबारीले दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरेको हो।”सो कार्यक्रम खाँदबारीका नगर प्रमुख थपलियाले महानगरपालिका प्रमुख शाहलाई खाँदबारी नगरपालिका भ्रमण गर्नका लागि निमन्त्रणा प्रदान गरेका छन्।






प्रतिकृया