• २० भदौ २०८३, शनिबार
  • ३ः०३ राती

५४ औँ एसियन शारीरिक सुगठनमा राजुले जिते कास्य पदक

प्रकाशित मिति

२०७९ श्रावण २ गते, सोमबार ०४:२४

२ साउन २०७९ काठमाडौंः नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४ औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत फिटनेस फिजिकमा कास्य पदक प्राप्त गरेका छन्। सोमबार टिम व्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले राजुले कास्य पदक प्राप्त गरेको जानकारी गराए।

National Life

राजुले १७० सेमीसम्मको समूहमा तेस्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन्। २४ राष्ट्र सहभागी सो विधामा राजुले स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जित्न सफल भएका हुन्। यसअघि पनि नेपाली खेलाडीहरूले एसियन शारीरिक सुगठनमा पदक प्राप्त गरिसकेका छन्।


यस्तै, सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेस महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई सम्मान गरेको छ। प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईको पनि सहभागिता थियो। सुजिताले सोमबार आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन्। यस्तै, उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन्।

Classic Tech Desktop

प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण महत पनि माल्दिभ्समा छन्। नेपालले २०२३ मा ५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ।

प्रतिकृया