• १९ भदौ २०८३, शुक्रबार
  • ८ः२९ राती

थपिए २०६ संक्रमित, सक्रिय एक हजार ५ जना

प्रकाशित मिति

२०७९ असार २९ गते, बुधबार ०५:२४

२९ असार २०७९ काठमाडौंः पछिल्लो २४ घन्टामा देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २०६ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार १७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।


दुई हजार ८२ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार ५ जना सक्रिय संक्रमित छन्। ४५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Kamana Sewa

प्रतिकृया