बस दुर्घटनामा १३ जनाको मृत्यु, २१ जना घाइते
प्रकाशित मिति
२०७९ असार २१ गते, मंगलवार ०५:१६
२१ असार २०७९, काठमाडौंः रामेछाप, सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा पर्ने मोडमा सुनापती हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस सडकबाट करिब ३५ मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा बसमा सवार १३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । दुर्घटनामा ४ जना महिला र ५ जना पुरूष गरी ९ जनाको घटनास्थलमै तथा ३ जना पुरूष र १ जना महिला गरी ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।साथै घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्सद्वारा र ३ जनालाई कैलाश एयरको हेलिकप्टरद्वारा धुलिखेल अस्पताल लगिएकोमा १ जनालाई थप उपचारको लागि केएमसी अस्पताल काठमाडौं पठाइएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र ईलाका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली खटिई उद्धार कार्य गरेको थियो ।







प्रतिकृया