• २१ भदौ २०८३, आइतबार
  • १२ः५३ दिउँसो

प्रचण्डको प्रतिवेदन : गठबन्धनप्रति कांग्रेस इमानदार र गम्भीर देखिएन

प्रकाशित मिति

२०७९ असार १९ गते, आईतवार ०४:४८

१९ असार २०७९,काठमाडौंः नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको समीक्षा गरेको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको जनाएको छ ।

National Life

सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन, प्रतिवदेनमा भनिएको छ,खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।


स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा दाहालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ । त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ ।

Classic Tech Desktop

हामी (माओवादी) र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर (कांग्रेस) भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छु प्रतिवेदनमा भनिएको छ ।


कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो लेखिएको छ । । प्रतिवदेनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियतभन्दा बढी सीट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ ।


जनता समाजवादी पार्टी आफ्नो आधारमा बलियो भएको तराईरमधेसका स्थानमा गठबन्धनप्रति अनिच्छुक रहेको पाइयोु प्रतिवेदनमा भनिएको छ ।

प्रतिकृया