• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४५ बेलुका

मृगौला जँचाऔं,मृगौला बचाऔं : डा.कुँवर किड्नी परीक्षण सय रुपैयाँमै

प्रकाशित मिति

२०७९ जेष्ठ ३० गते, सोमबार ०७:०१

३० जेठ २०७९, काठमाडौं : काठमाडौंको गौशालामा सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले किड्नी केयरको स्थापना गरिएको छ। असार १ गतेबाट सुरु हुने किड्नी केयरको नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले आइतबार उद्घाटन गरेका छन्। उनले समयमै सबै व्यक्तिले मृगौलाको परीक्षण गर्नुपर्ने बताए। किड्नी केयरको प्रसंसा गर्दै उनले देशभरि सेवा विस्तार गर्न आग्रह गरे।


किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले मृगौला जँचाऔं, मृगौला बचाऔं भन्ने अभियानका साथ सेवा सुरु गरेको बताए। किड्नी केयर ३६५ दिन नै खुला रहने र सेवा दिने बताए। किड्नी केयरमा ल्याब शुल्क एक सय रुपैयाँ राखिएको छ। सोही रकममा निशुल्क परामर्शसमेत लिन सकिने बताइएको छ। एक सय रुपैँयामा मृगौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्‍याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुनेछ, संस्थापक कुँवर द्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Kamana Sewa

डा. कुँवरले काठमाडौं उपत्यकाभित्र शाखाहरु सञ्चालन गरी सेवा विस्तार गर्ने बताए। मृगौलाको अवस्था समयमै थाहा पाउन भौँतारिनु नपरोस् भन्ने हेतुले किड्नी केयरको स्थापना गरेको डा. कुँवरको भनाइ छ। नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्रा डा विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको भन्दै मृगौला परीक्षणको सेवा भएकोमा खुसी व्यक्त गरे।

Classic Tech Desktop

प्रतिकृया