• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४७ राती

स्थानीय चुनाव समीक्षा गर्न एमालेको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७९ जेष्ठ ३० गते, सोमबार ०६:४३

३० जेठ २०७९, काठमाडौँ नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो।


जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बस्ने भएको हो। साथै एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आज सचिवालयको बैठकमा पेस गरिने भएको छ।

Kamana Sewa

आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल नभएको नेताहरूले बताएका थिए।

Classic Tech Desktop

प्रतिकृया