• १६ असोज २०८३, शुक्रबार
  • २ः४२ दिउँसो

इम्बोष्ट नम्बर जडान गर्न सरकारले जनतालाई धम्की दियो, यो सच्चिनुपर्छः गगन थापा

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार १२:००

२३ जेठ २०७९, काठमाडौंः कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले सवारी साधनमा जोड्न इम्बोष्ट नम्बरका नाउमा जनतालाई दुःख नदिन माग गरेका छन्। सोमबार संसदमा समय लिएर सांसद थापाले सरकारले आफ्नो कमजोरीलाई लुकाएर जनतालाई धम्क्याउने गरी सूचना निकालेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन्।

National Life

यातायात व्यवस्था विभागले शुक्रबार साउन १ गतेभित्र प्रदेशको नाम टुंगिएका प्रदेशका सवारी साधानमा अनिवार्य रुपमा इबोष्ट नम्बर हाल्न सूचना जारी गरेको थियो। यातायात व्यवस्था कार्यालयले समय छउन्जेल आफ्नो जिम्मेवारी पुरा नगरेर समय घर्केपछि जनतालाई दुःख दिने नियतले धम्किपूर्ण सूचना निकालेकाले त्यसलाई बन्द गर्न आग्रह गरेका हुन्।


सांसद थापाले भने, ‘दण्ड जरिवानाको डर देखाएर जनतालाई, तर्साउन खोजिएको छ। धम्क्याउन खोजिएको छ। साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशका सवारी साधनले जडान गरिसक्नु रे। जुन कार्यालले समयमा आफ्नो काम गरेन त्यसलाई गर्न लगाउने हो कि जनतालाई तर्साउनेरु?’

Classic Tech Mobile
Classic Tech Desktop

उनले आउँदो १५ महिनाभित्र २५ लाख सवारी साधनमा इम्बोष्ट नम्बर जडान गर्न असंभव रहेको दाबी गर्दैै भइरहेको जडानको गणुस्तर कायम गर्न माग गरे। ‘अबको १५ महिनामा २५ लाख सवारी साधनमा जोड्नुपर्ने, त्यो भनेको दिनको ५ हजार पाँच सय सवारी सधान हुन आउँछ, यो कसरी संभव छरु एक दिनमा ५५ सय सवारी साधनको इम्बोष्ट नम्बर जडान गर्नरु थापाले अगाडि भने,


‘सरकारी कार्यालको क्षमता अभिवृति गर्नु पर्दैनरु ध्यान त्यतातिर दिने किन जनताले लाइनमा राखेर दुखरु अनि जडान भएको इम्बोष्ट नम्बरको पनि गुणस्तर छैन। यसतर्फ सरकारको ध्यान जाओस्।’

प्रतिकृया