• १५ असोज २०८३, बिहीबार
  • १२ः०५ राती

शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार ०१:४२

१० जेठ २०७९, काठमाण्डौं : शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा खालीबारीले सानेपा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

National Life

खालीबारीको जितमा जोर्डन पुन मगर र सन्दीप गुरुङले १–१ गोल गरे । खालीबारीका जोर्डन म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा स्वयम्भु क्लब र महावीर क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।


स्वयम्भु तेस्रो जितको खोजीमा छ भने महावीर पाँचौँ जित निकाल्न चाहन्छ । ९ अंकसहित स्वयम्भु तालिकाको ११ औँ स्थानमा छ भने महावीर १५ अंकसहित पाँचौँ स्थानमा छ । वीरगंज युथ एकेडेमी र प्लानिङ ब्वाइज युनाइटेड दिउँसो ४ बजे भिड्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

४ अंकसहित वीरगंज १३ औँ स्थानमा छ भने १९ अंकसहित प्लानिङ तेस्रो स्थानमा छ ।

प्रतिकृया