• १७ असोज २०८३, शनिबार
  • ७ः३७ बिहान

सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा

प्रकाशित मिति

२०७९ बैशाख २२ गते, बिहीबार ०६:३३

२२ बैशाख २०७९, एजेन्सी : म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३-१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो ।

National Life

पहिलो लेगमा ४-३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका लागि अग्रसर सिटीलाई रोडिग्रोले इन्जुरी समयमा स्तब्ध बनाए । ब्राजिलियन सब्सिटिच्युटले खेलको ९० औँ मिनेटमा करिम बेन्जेमाको पासमा गोल गरे भने ९० सेकेण्डपछि मार्को असेन्सियोको पासमा अर्को गोल गर्दै समग्रमा खेल बराबरी गरे ।


लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल प्रवेश गर्ने आशा बनाइरहेको सिटीलाई अतिरिक्त समयमा थप झट्का लाग्यो । रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टीलाई पायो । जसलाई बेन्जेमाले सहजै गोलमा परिणत गर्दै टोलीको फाइनल यात्रा सुनिश्चित गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया