• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

गर्भावस्थाको ९ महिना कुन महिना गर्भवतीले के गर्नु सहि ? के गर्दा खतरा ?

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार १२:५८

२० बैशाख २०७९,काठमाण्डौं : महिलाका लागि गर्भावस्था संवेदनशील अवस्था मानिन्छ। गर्भावस्था अवस्थामा महिलामा धेरै परिवर्तन देखापर्छन्। विशेषतः शरीरका अंगहरुमा लचिलोपन हुने तथा शरीरमा आएको परिवर्तनले चिढ्चिढापन आउने गर्दछ । समय बित्दै जाँदा गर्भको आकार बढेर पेट ठूलो देखिने तथा अन्य अंग, मांसपेशी, आन्द्रा लगायतमा भार पर्ने गर्दछ । जसका कारण गर्भवती महिलाको पेट दुख्ने हुन्छ।


हुनत गर्भावस्थामा पेट दुख्नु सामान्य अवस्था हो तर अत्याधिक दुख्यो वा बारम्बार दुदिरह्यो भने पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या भएको हुनसक्छ। जसलाई तुरुन्त चिकित्सकको सल्लाह बमोजिम निराकरण गर्नु आवश्यक हुन्छ। गर्भावस्थामा महिलाको पेट दुख्नुको अन्य कारण यसप्रकार छन्ः

Kamana Sewa

यदि महिलाको गर्भ डिम्बवाहिनी नलीमा रहेको छ भने यस्तो अवस्थामा तल्लो पेट दुख्ने गर्दछ। डिम्बबाहिनी नलीमा गर्भ रहेको छ भने यसले महिलामा रक्रश्रावको समस्या देखापर्न सक्छ। तर कहिलेकाहीँ यो आफै रोकिने समेत हुनसक्छ।

Classic Tech Desktop

अझ कतिपय महिलामा गर्भावस्थाको सुरुवातमा नै पाठेघरको पर्खालमा भ्रुण बस्ने गर्दछ । यो अवस्थामा पनि गर्भवती महिलाको पेट दुख्ने हुन्छ। केही महिलामा गर्भ रहेको ६ महिनापछि वा शिशु जन्मने समय नजिक कहिले योनीबाट रगत बग्ने तथा रोकिने हुनसक्छ। यस्तो अवस्थामा शिशुको नाल पाठेघरको घेराबाट खस्किन्छ र गर्भवती महिलालाई पीडा हुन्छ।


खानपानको राम्रो ब्यवस्थापन नभएमा, काचो चिज खाएमा वा कब्जियत भएमा पनि पेट दुख्ने समस्या देखापर्छ । यसका लागी पूर्ण पोषिलो तथा झोलिलो खानेकुरा खाने तथा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ । केहि महिलामा प्रसूति हुनुभन्दा अघि पनि पेटमा अत्यधिक दुखाइ हुने गर्दछ । प्रसुतिको छोटो समयमा योनीबाट पानी र रगत बग्ने भएकाले यस्तो पीडा हुन्छ। तर गर्भावस्थाको पेट दुखाई अत्याधिक भएमा चिकित्सकको सल्लाह लिई स्वास्थ्यप्रति सचेत हुनुपर्छ।


जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ। त्यसैले स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु, सुत्ने-उठ्ने-खाने तालिका नियमित गर्नु अपरिहार्य छ, खासगरी गर्भावस्थामा।


गर्भ रहेदेखि महिलाको शरीरमा विभिन्न प्रतिक्रिया देखिन थाल्छ । हर्मोनको असन्तुलनले केहि समस्या पनि निम्त्याउँछ । त्यसैले यी सबै कुराको जानकारी लिएर कुन अवस्थामा के गर्ने भन्ने ज्ञान हुन आवश्यक छ।


गर्भावस्थाको प्रारम्भिक लक्षण

– महिनावरी महिना चक्रक्रम रोकिनु

– चक्कर लाग्नु

– वान्ता हुनु

– कहिले कहिं ज्वरो पनि आउन सक्छ

– सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि शारीरिक समस्याहरु देखापर्छ


के गर्ने ?
– कुनैपनि भार उठाउनमा परहेज गरौ

– व्यायाम पनि त्यती गरौं, जो चिकित्सकले भनेका छन्

– ताजा र पौष्टिक भोजन सेवन गरौ, ताकि बच्चालाई पूर्ण रुपमा पोषण मिलोस्

– आफुनो भोजनमा पत्तेदार सब्जी, दुध र दुधजन्य पदार्थ सामेल गरौ

– भिटामिन-सिले भरपुर पदार्थ लिनुहोस् ।

– दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुहोस् ।


दोस्रो महिना
– सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।

– थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।

– झर्को लाग्न सक्छ ।


के गर्ने ?
– यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने ।

– आफ्नो खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहायडे्रट, ताजा फल आदि सामेल गर्नुहोस् ।

– यतिबेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।


तेस्रो महिना
– यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुँदैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ ।


के गर्ने ?
– बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ ।

– पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।


चौथो महिना
यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।


के गर्ने ?
– तपाईको छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।
– तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने ।

– यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ ।


पाँचौ महिना
तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ ।


के गर्ने ?
– आरमदायक ढंगले बस्ने । सन्तुलित भोजन लिने ।

– मुलायम पहिरन लगाउने ।

– मनलाई प्रशन्न राख्ने । मनमा चिन्ता नलिने । कुनै भय नलिने । किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ ।

– विहान-बेलुकी टहल्ने ।

– अचानक उठ्ने वा बस्ने नगरौ । कुनैपनि काम गर्दा विस्तारै गर्ने ।

– भोग लाग्नु स्वभाविक हो, तर जंक फूडको सेवनबाट बचौं ।


छैठौं महिना
यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।


के गर्ने ?
– यसबेला आरम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आरम गर्ने ।

– खुट्टा सुन्निने संभावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने ।

– गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने ।

– अधिक मात्रामा पेय पदार्थ लिने ।


सातौ महिना
भ्रुणको विकाससँगै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।


के गर्ने ?
– आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने ।

– मनमा भय र चिन्ता नलिने ।

– खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने ।

– आरम गर्ने ।


आठौं महिना
गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।


के गर्ने ?
पानी, फल र रसको सेवन गर्ने ।

– मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौ ।

– नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुँदैन ।

– जति सकिन्छ, शान्त भएर बस्ने


नवौं महिना
गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ ।


के गर्ने ?
– प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने ।

– नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने ।

– प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने ।


केहि जानकारी
– नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ ।

– चुरोट, मदिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ । गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ, जसले गर्भको बच्चामा नराम्रो असर गर्छ ।

– गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा हरियो सब्जी, सलाद, दाल, दुध, पनिर फल लाभदायक हुन्छ ।

– आफ्नो शरीरलाई चुस्त, सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केहि समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुँदैन ।

– गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन, ध्यान, धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो ।

– गर्भधारणका लागि २१ बर्ष उमेर पुगेको राम्रो हो भने ३५ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।

प्रतिकृया