• ४ साउन २०८३, सोमबार
  • ३:०२ बिहान

स्थानीय चुनाव : तीन सय ५३ जना निर्विरोध हुँदा कुन दलबाट कति ?

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ०१:१५

२० बैशाख २०७९,काठमाण्डौं : स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको जनाएको छ । पाँच दलीय सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित गठबन्धन चुनावी मैदानमा छ। गठबन्धन नगरी केही दल र स्वतन्त्रले पनि उम्मेदवारी दिएको आयोगको भनाइ छ ।आयोगका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा सत्तागठबन्धनबाट धेरै छन्। सत्तागठबन्धनतर्फ एक सय ९० जना निर्विरोध रहेका छन् ।


यसपालि चुनावमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन हुँदैछ। निर्विरोध भएका पदमा भने चुनाव हुने छैन।

Kamana Sewa

कुन दलले कति ?
नेकपा एमाले:
नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ। १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन्।

Classic Tech Desktop

नेपाली कांग्रेस:
कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ। यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ।


नेकपा माओवादी केन्द्र:
नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन्। पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन्।


नेकपा एकीकृत समाजवादी:
नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ। एक उपाध्यक्ष निर्विरोध भएको छ। छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन्।


राप्रपा:
राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन्।


स्वतन्त्र:
स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन्। १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन्।


राष्ट्रिय जनमुक्ति:
एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन्।


लोकतान्त्रिक समाजवादी:
एक दलित महिला सदस्य निर्विरोध भएका छिन।


जनता समाजवादी:
एक दलित महिला सदस्य निर्विरोध भएका छिन।


नेपाल मजदुर किसान:
दुई दलित महिला सदस्य निर्विरोध भएका छन्।

प्रतिकृया