• २५ भदौ २०८३, बिहीबार
  • ३ः५६ राती

सिग्नेचरलगायत नक्कली रक्सी बनाउने दुईजना पक्राउ

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०७:४८

१३ बैशाख २०७९, काठमाडौँ : ब्राण्डेड भनेर नक्कली मदिरा बनाएको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।

National Life

गणेश साहको घरमा प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिन्डर, स्प्रिटको बोतल, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी र आन्तरिक राजश्व कार्यालयले प्रयोग गरेकोे स्टिकरको पछाडिको कागज समेत फेला परेको क्षेत्रीले जानकारी दिए ।


त्यस्तै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अवस्थामा प्रहरीले फेला पारेको छ । पिकअपमा सिग्नेचर लेखिएको नक्कली मदिरा ९ कार्टुन, खुल्ला रक्सी १ कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टी चुलो १ थान, ग्यास सिलिन्डर १ थान र भारतीय रुपैयाँ १३ हजार ३० गरी कूल ३१ लख ७९ हजार ६५८ रुपैयाँ मूल्य बराबरको सामग्रीसहित बरामद गरी आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा पठाएको साहले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया