• २५ भदौ २०८३, बिहीबार
  • २ः५७ राती

आज २०७९ साल वैशाख १४ गते बुधबारको राशिफल

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०६:०७

१४ बैशाख २०७९, काठमाडौँ : ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

National Life

मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ।

वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट : परिवारको साथ पाइनेछ। प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ।


सिंह : परिवार सुख हुनेछ। रोगबाट मुक्त हुने योग छ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला।

कन्या : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। अधुरा कामहरु पूरा हुनेछन्।

तुला : स्वास्थ्यमा समस्या छ। पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।

वृश्चिक : राजनीतिमा राम्रो हुनेछ। आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ।

धनु : भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। रोग बढ्ने देखिन्छ । खानपानमा विशेष ख्याल गर्नुहोला ।


मकर : अधुरा कामहरु बन्नेछन्। आयआर्जन बढ्नेछ।

कुम्भ : बोलीमा मिठास आउनेछ। सोचेका काम अधुरा रहनेछन्।

मीन : उन्नति प्रगति हुनेछ। दाम्पत्य जीवन सफल रहेको छ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

प्रतिकृया