• २५ भदौ २०८३, बिहीबार
  • ४ः५२ बिहान

शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो, नियन्त्रणका लागि हेलिकप्टरर प्रयोग

प्रकाशित मिति

२०७९ बैशाख १३ गते, मंगलवार ०७:२६

१३ वैशाख २०७८, काठमाडौँ : शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टररबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए । बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो ।

National Life

‘त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो’ एसपी मैनालीले भने, ‘अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।’ एसपी मैनालीका अनुसार अहिले साँझ परेकाले हेलिकप्टररबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जंगलमा आगलागी हुँदा हेलिकप्टररबाट पानी हालिएको थियो । मंगलबार एकैदिन थप दुई ठाउँमा पनि डेढलो लागेको थियो ।


प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जंगलमा लागेको आगो दुई वटा दमकल, सोह्रखुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । टोखामा विष्णुमति नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएको थियो । तर प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तीनवटै आगलागीको कारण खुलेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया