• २२ भदौ २०८३, सोमबार
  • २ः०८ राती

एमाले क्व्होलासोथार अध्यक्षको उम्मेदवारमा गुरुङ सिफारिस

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०८:२८

५ बैशाख २०७९, काठमाडौँ : नेकपा एमालेले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेको छ । एमाले जिल्ला सदस्य रहेका गुरुङलाई गाउँ कमिटीले एकल उम्मेदवारमा सिफारिस गरेको हो ।

National Life

यसअघि उनी गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख स्वकीय सचिवसमेत थिए। उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङलाई माथिल्लो कमिटीमा सिफारिस गरिएको छ ।


नौ वटा रहेको क्व्होलासोथारमा एमालेले सात वटा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । तर, वडा नम्बर १ मा पाँच जना र ९ मा दुई जनाले दाबी गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया