बझाङमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, तीन घाइते
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार १०:१०
४ बैशाख २०७९, काठमाडौं : बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार जिप गए राति पौने १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ ।

जिपमा तीन महिला र ६ पुरुष गरी ९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार उक्त जिपमा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार थिए ।

निजी कामले सभापति बोहराको परिवार धनगढी गइरहेका बेला गाडी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।




प्रतिकृया