• 5:17 pm

युभेन्ट्ससँग बराबरी खेल्दै हारबाट जोगियो बोलोग्ना

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०९:४०

४ बैशाख २०७९, काठमाडौँ : इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।


खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए । खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।


बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ । गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १-१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १-० अन्तरले हरायो ।

प्रतिकृया