• २६ साउन २०८३, मंगलबार
  • ४:०६ बिहान

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

प्रकाशित मिति

२०७८ चैत्र ३० गते, बुधबार १२:२४

चैत ३०, २०७८ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिने भएको हो । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह गरेको बताइएको छ। तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिले उल्लेख भएपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए ।


चुनावी तालमेल गर्ने विषयमा पनि नेकपामा दुई धार देखिएको छ । विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् । यस्तै, प्राप्त जानकारी अनुशार सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रसँग सकेसम्म चुनावी तालमेल गर्नुपर्ने पक्षमा रहेका छन् ।

Kamana Sewa

अन्तर विरोधकै बीच विप्लव नेतृत्वको नेकपा स्थानीय चुनावमा होमिएकाले सोचेजस्तो चुनावी परिणाम ल्याउन कठिन हुने जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया