• २६ भदौ २०८३, शुक्रबार
  • ५ः०६ बेलुका

कीर्तिपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार १२:५९

१० चैत २०७८, काठमाडौं : काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सडकमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बा.९२ प २३१ नम्बरको मोटरसाइकललाई ना।१ ज ६३५४ नम्बरको टाटा सुमोले बुधबार ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

National Life

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–६ बस्ने २८ वर्षीय समिर गिरी र मोटरसाइकलमा सवार कलंकी बस्ने नविन्द्र नाम गरेका थर नखुलेका करिब ३० वर्षीय पुरुष रहेका छन् ।


दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया