• १५ असोज २०८३, बिहीबार
  • १२ः५४ राती

डर्टमण्ड बराबरीमा रोकियो

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०९:४५

७ चैत्र २०७८, एजेन्सी : बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा डर्टमण्डले एफसी कोलोग्नेसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा डर्टमण्डले बराबरी खेल्न परेको हो ।

National Life

मारिउस वुल्फले खेलको आठौं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा इबास्टियन एण्डरसनले कोलोग्नेका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । बराबरीसँगै डर्टमण्डले ५७ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । यता कोलोग्ने ४० अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिकृया