• २१ भदौ २०८३, आइतबार
  • ३ः४८ राती

नागार्जुन नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०२:३४

२ चैत २०७८, काठमाडौं : नागार्जुन नगरपालिकाले नगरपालिकाको वडा नं. ५ स्थित हरिसिद्धिमा आफ्नै प्रशासनिक भवनको बुधबार उद्घाटन गरेको छ । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्य र नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संयुक्तरुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कोरोनाको महामारीको समयमा पनि नगरपालिकाले छोटो अवधिमै आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।

National Life

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबसुन्दर राज वैद्यले नगरपालिकाले छोटो अवधिमै प्रशासनिक भवन निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद प्रदान गरे । नगरपािलकाले निर्माण गरेको भवन नगरपालिकाको प्रमुख प्रशासनिक इकाइ भएको भन्दै उहाँले अब सेवा प्रवाह झनै सहज र प्रवभाकारी हुने बताए ।


नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले भौतिक विकासको काममा रोड मोडलको रुपमा गर्न सफल भएको बताए । कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाएको उनले स्पष्ट गरे । उनले भने “नगरपालिकाले सबै राजनीतिक दल, कर्मचारी, सेवा ग्राहीसँग सौहार्दपूर्ण व्यहार गरेकाले अपेक्षाकृत रुपमा विकास गर्न संभव भएको हो ।”

Classic Tech Desktop

नगरपालिका उपप्रमुख सुशिला अधिकारीले पाँच वर्षमा नगरपालिकाले गरेका विकास निर्माणका कामलाई तथ्याङ्कगत रुपमा उल्लेख गर्दैै नगरपालिकाको यस अवधिमा विकास र सेवा प्रवाहमा अपेक्षा गरिए भन्दा धेरै भएको बताए ।


जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहालले नगरपालिकाले निर्धारित समयमै आफ्नै प्रशासनिक भवन निर्माण गरिएकोमा खुसी व्यक्त गरे । काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर आर्यालले आफ्नै प्रशासनिक भवन निर्माणले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरे ।


नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीयक अधिकृत सुरेन्द्र थापा मगरले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने जिल्ला समन्वय समितिका पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका प्राविधिक कर्मचारी, निर्माण व्यवसाहि लगायत सबैलाई धन्यवाद प्रदान गरे । उनले नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै रोजगारी सिर्जना र सामाजिक विकासका कार्यलाई पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिएको जानकारी दिए ।


उक्त भवन जिल्ला समन्वय समिति काठमाडौं र नगरपालिकाको लागद साझेदारीमा निर्माण सम्पन्न भएको हो ।

प्रतिकृया