• २० भदौ २०८३, शनिबार
  • ११ः४० राती

३ सय स्टाफ नर्सको लागि दरखास्त आह्वान

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०२:२१

२ चैत्र २०७८, काठमाडौं : लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ ।

National Life

खुलामा १ सय ६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपाङ्गमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ।


आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।

Classic Tech Desktop

प्रतिकृया