• २१ भदौ २०८३, आइतबार
  • ५ः४६ बिहान

‘युक्रेनीहरु शोकमग्न छन्’ – युक्रेनमा मारिएका पत्रकारको परिवारलाई जेलेन्स्कीको चिठी

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०२:५२

चैत्र २०७८, काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारप्रति समवेदना प्रकट गर्दै चिठी लेखेका छन् । उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् ।

National Life

रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् ।


आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए ।

Classic Tech Desktop

युक्रेनको राजधानी किभबाहिर रहेको इरपिन शहरमा गत आइतबार मारिएका न्यु योर्क टाइम्सका पत्रकार ब्रेट रेनोडको परिवारलाई चिठी लेखेका हुन् ।


रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा मारिने रेनोड एकमात्र पत्रकार भने होइनन् । हालै युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुइ पत्रकार मारिएको समाचार आएको छ ।

प्रतिकृया