• २१ भदौ २०८३, आइतबार
  • ४ः०५ बेलुका

रुसी अत्याचार भुल्ने छैनौँ, माफी दिने छैनौँ : जेलेन्स्की

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०८:३७

२३ फागुन २०७८, एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले आफ्नो देशमा आएर अत्याचार गर्ने युद्ध अपराधीहरुलाई सजाय दिने बताएका छन् । स्थानीय समय अनुसार आइतबार राति युक्रेनी नागरिकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकलाई सजाय स्वरुप अत्याचारको बदला लिएने चेतावनी दिएका हुन् ।

National Life

सम्बोधनको क्रममा रुसी सैनिकलाई चेतावनी पूर्ण सन्देश दिँदै उनले भने, ‘आज इर्पिनमा (आइतबार) चारजनाको परिवार, अभिभावक र दुई सन्तानको हत्या भयो जो शहर छोड्न खोज्दै थिए । हामीले माफी दिने छैनौँ । हामी बिर्सने छैनौँ ।’ ‘हामीले भुल्ने छैनौँ, यो युद्धमा कस्तो अत्याचार भयो भनेर । हाम्रो भूमिमा भएको यो अपराधको सजाय दिइने छ’, उनले भनेका छन् ।


उनले रुसी आक्रमणकारीलाई लक्षित गर्दै भने, ‘तिमिहरुले यो पृथ्वीमा कुनै शान्त स्थान पाउने छैनौँ, चिहान मात्रै तिमिहरु शान्त हुनेछौ ।’ रुसी सैनिकलाई अझै पनि धेरै मानिसको हत्या गर्ने चाह रहेको जस्तो देखिने जेलेन्स्कीले बताएका छन् । एनले आफ्नो सम्बोधनको क्रममा पश्चिमा राष्ट्रलाई रुसविरुद्ध थप कडा कदम चाल्न अपिल पनि गरे । उनले भनेका छन्, ‘आक्रमणकारीले गरिरहेका दुस्साहसहरु पश्चिमा देशका लागि स्पष्ट संकेत हो कि हालसम्मका प्रतिबन्ध पर्याप्त छैनन् । यो सत्यबाट पश्चिमा राष्ट्र लुक्न सक्दैन । युक्रेनमा भइरहेको हत्याबाट पनि लुक्न सक्दैनन् ।’

Classic Tech Desktop

रुसले गएको महिना (फेब्रुअरी २४) देखि युक्रेनमा आक्रमण आक्रमण गर्दै आएको छ । पश्चिमा देशले सो आक्रमणलाई लिएर रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग गरेका छन् । तर रुस रोकिएको छैन । युक्रेनले आफ्नो देशलाई उडान प्रतिबन्धित क्षेत्र (नो फ्लाइ जोन) घोषित गर्न माग गर्दै आएको छ । तर सैन्य गठबन्धन नेटोले सो माग अस्वीकार गरेको छ ।

प्रतिकृया